

साउन २९, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी ३८ वर्षीया भावना धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
उनको मङ्गलवार दिउँसो करिब साढे ३ बजेको समयमा घरनजिकको त्वापोड भन्ने भिरबाट लडेर मृत्यु भएको आफन्त दीपेन्द्र सिंह धामीले जानकारी दिए । दीपेन्द्रका अनुसार बाख्रा चराउन गएकी भावनाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

