ओलीको पक्षमा म होईन प्रचण्ड गएका हुन : लेखराज भट्ट


नेकपा अध्यक्ष केपीशर्मा ओलीको पक्षमा आफु नभई प्रचण्ड गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य तथा बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताएका छन । सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा मन्त्री भट्टले भने ‘मलाई केपी ओली संग चिनाउने को ? हामीले पार्टी एकता गयौँ एक नम्बर अध्यक्ष ओली दुई नम्बर अध्यक्ष म, अब हामी मिलेर अघी बढ्नु पर्छ प्रचण्डले भनेका हुन । म उहाँको निती अनुसार काम गरिरहेको छु । म अहिले पनि दुई अध्यक्ष मिलेर जानु पर्ने पक्षमा हो ।’
भट्टले प्रचण्डलाई नभई माओवादी लाईन छोडेको बताएका छन् । बाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भट्टले सुदूरपश्चिम भ्रमणका क्रममा एपीवान टेलिभिजनसंग कुरा गर्दै भट्टले प्रचण्डलाई नभई माओवादीलाई लिगेसी छोड्एको बताए । भट्टले भने ‘पार्टी एकतापछी यहाँ यता कता माओवादी लिगेसी छोड्नु हुन्न भन्ने छ, पार्टी एकता भएपछी मैले प्रचण्ड भन्दा पनि माओवादी लिगेसी छोडेको हुँ ।’
एमाले र माओदीको एकतापछी पुर्ववत पार्टीको लिगेसी भत्कीएको लेखराज भट्टको दाबी छ । भट्टले भने ‘अहिले एमाले माओवादी लिगेसी होईन अब हामीले चिन्ने नेकपा हो ।’
