
साउन ३१, दाङ । दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका–९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० वर्षीया ईश्वरी कुमालको मृत्यु भएको हो ।

श्रीमतीको कुटपिटबाट मृत्यु भएपछि भागेका श्यामकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
स्थानीयका अनुसार कुमाल दम्पती दैनिक मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने गर्दथे ।
