
लोकेन्द्र कठायत
भदौ १, राजपुर । अन्तर्राष्ट्रिय कृष्णभावना मृत सङ्घ भक्ति वेदान्त स्वामी प्रभुपादका नेपालका एक मात्र शिष्य ददि भक्तदासलाई गृह जिल्लामा स्वागत गरिएको छ । शुक्रवार भक्तदास र उनका शिष्यहरूलाई राजपुरमा स्वागत गरिएको हो ।

भारतको विन्द्रावनबाट आएका उनीहरूलाई बाजा गाजा फुलमाला सहित राजपुरमा स्वागत गरिएको हो । कृष्ण जन्माष्टमी मनाउन यहाँ पुगेका उनीहरू करिब २० दिन राजपुरमा बस्ने स्थानीय भोज बहादुर कठायतले जानकारी दिए । स्थानीय बजारहरू राजपुर, पिपल्ला, दिपायल, सिलगढीमा नगर कीर्तन र कृष्ण जन्माष्टमीमा राजपुर पञ्चेश्वरमा भव्य कीर्तन लगायतका कार्यक्रम गरिने पन्चेवर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सङ्कर कठायतले बताए ।
ददि भक्त दासजीले आफूहरूलाई आफ्नो जन्म भूमिमा स्वागत गरेकोमा स्थानीयहरूलाई आभार प्रकट गर्दै धन्यवाद दिए । साथै पन्चेशवर मन्दिर राजपुरमा कृष्ण जन्माष्टमीमा आउन आस्थावान् भक्तजनलाई अनुरोध गरेका छन् ।
