
सुबास नेपाली
भाद्र ३, डोटी । डोटीका ४ वटा पालिकामा सञ्चालन भएको शारीरिक अपाङ्गता तथा आँखा सम्बन्धी शिविरमा ४ सय ९६ जनाले सेवा लिएका छन् ।

सायल, आदर्श, पुर्बिचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सहकार्य र समान पहुँच विकास केन्द्र सिड नेपाल र वर्ल्ड भिजन नेपालको आयोजना तथा शारीरिक अपाङ्गता पुनः स्थापन केन्द्र कञ्चनपुर र जिल्ला आँखा अस्पताल डोटीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा शारीरिक अपाङ्गता र आँखा सम्बन्धी समस्या भएका बिरामीले सेवा लिएको सिड नेपालका परियोजना संयोजक सुनिल जोशीले जानकारी दिए ।
शिविरबाट आदर्श गाउँपालिकाका ३ सय, दिपायल सिलगढी नगरपालिका ६३, पूर्वीचौकी गाउँपालिकाका ७३ र सायल गाउँपालिकाका ६० जना बिरामी लाभान्वित भएका छन् । घर आँगनमा स्वास्थ्य सेवा पाए पछि स्थानीय खुसी भएका छन्।
