
भदौ ६, डोटी । डोटी स्थित सेती नदीमा फेला परेको शवको पहिचान खुलेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा फेला परेको शवको पहिचान खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार बिहिवार बिहान साढे ९ बजे फेला परेको शव मध्याह्न साढे १२ बजेतिर नदिबाट निकालिएको थियो । सो शव शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहारको रहेको डिएसपी भट्टराईले जानकारी दिए ।

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
