
भदौ ७, तनहुँ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा परेको छ ।
शुक्रवार बिहान करिब साढे ११ बजे आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित बस सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए ।

“अहिले उद्धार सुरु भएको छ, यति नै यात्रु भन्ने खुलेको छैन, ४० जनाभन्दा बढी रहेको अनुमान छ” उनले भने, अहिले उद्धार सुरु भइसकेको छ ।”
प्रहरीका अनुसार १० देखि ११ जनासम्मको ज्यान गएको छ ।
