डोटीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षिया महिला घाइते 

भदौ ९, सिलगढी । मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा घाइते भएकी छिन् । शिखर नगरपालिका-६ मटेला स्थित बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ६० वर्षिया टीका बलायर घाइते भएकी छिन् ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गोपघाटबाट दिपायल तर्फ आइरहेको दिपायल सिलगढी नगरपालिका-४ दिपायल बस्ने ३२ वर्षीय समसाद मन्सुरीले चलाएको सु.प.प्र. ०२००३ प २५६० नम्बरको मोटरसाइकलले बलायरलाई आइतबार साँझ ५:१५ बजे ठक्कर दिएको हो । बलायरको दायाँ हात, दायाँ खुट्टा र छातीमा चोट लागेको छ ।
उनलाई सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्ययम छ । मोटरसाइकल चालक र पछाडि सवार आरिफ मन्सुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Shaileshwori
Loading...