श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिलगढीमा मट्का फोड प्रतियोगिता 

भदौ १०, डोटी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिलगढीको इन्द्रचोकमा मट्का फोड प्रतियोगिता सम्पन्न भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६ को आर्थिक सहयोग तथा भैरव प्रसाद गण सिलगढीको व्यवस्थापन र श्री राधाकृष्ण मन्दिर इन्द्रचोकको आयोजनामा मट्का फोड कार्यक्रम गरिएको हो ।
Sayalb
प्रतियोगितामा प्रतियोगितामा नेपाली सेनाको भैरव प्रसाद गण विजयी भएको छ । ५ ओटा टिमको सहभागिता रहेको प्रतियोगितामा दोस्रो चरणमा मट्का फोड्दै भैरव प्रसाद गण विजयी भएको हो । विजयी टिमले रु. १५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । प्रतियोगितामा नेपाली सेनाको भैरव प्रसाद गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधाकृष्ण मन्दिर र बैंकर्स डोटीको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...