शैलेश्वरीमा प्रसिद्ध मष्टाको जात्रा सम्पन्न

भदौ ११, डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शैलेस्वरी मन्दिरमा मष्टाको जात्रा सम्पन्न भएको छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको राति र त्यसको दोस्रो दिन दिउँसो लाग्ने मष्टाको जात्रा आज (मङ्गलवार) सम्पन्न भएको हो ।

मष्टालाई कृष्णको प्रति मान्ने भएकाले सधैँ यही समयमा मष्टा जात्रा मनाइँदै आएको स्थानीयले बताएका छन् । परापूर्व कालदेखि मनाइँदै आएको जात्रामा मागेको मनोकामना पुरा हुने विश्वासका रहिआएको छ । भगवान् कृष्णको अवतारको रूपमा पूजाआजा गरेपछि पुत्र दिने, छल दिने, मनले सोचेको कुरा पूरा हुने, दुःख दरिद्र नाश हुने स्थानीय पूर्ण बहादुर महराले बताए । मष्टा दुधारी देवता हो । जात्रा हेर्न जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा दर्शालुको ठुलो सहभागिता रहेको थियो ।

Sayalb

साथै डोल जात्रा पनि मनाइएको छ । हिन्दु धर्मशास्त्रअनुसार भगवान् कृष्ण जन्मेको खुसीयालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट जात्रा गर्ने परम्पराअन्तर्गत आज धूमधामसँग डोल जात्रा मनाइएको हो ।

कृष्णको प्रतिमा डोलमा राखेर बजार परिक्रमा गरी रमाइलो गर्ने भएकाले यसलाई डोल जात्रा भन्ने गरिन्छ । डोललाई शैलेश्वरी मन्दिर परिक्रमा गराई सहर डुलाउने चलन रहेको छ ।

Shaileshwori
Loading...