
भदौ १७, अछाम । रोल्पाका एक जना पुरुष अछाममा मृत फेला परेका छन् । ३ दिनदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन । उनी चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो सङ्कलनको काम गर्दै आएका थिए।

मगर सम्पर्क विहीन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरीलाई गराएका थिए। खोजतलासका क्रममा घर्तिमगरको शव वनको भिरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

