राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

भदौ २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि म्यानमार, अष्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

Sayalb

राष्ट्रपतिसमक्ष क्रमशः म्यो मिन्ट माउङ, लीन एलिजाबेथ जोनस्टन, भर्जिनी कोर्टेवल र पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेस गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

Shaileshwori
Loading...