
भदौ २८, डोटी । पहिरोले च्यापिएर बडिकेदार गाउँपालिका–४ टिमुट्टेमा श्रीमान् श्रीमती घाइते भएका छन् । दुई दिन देखि परिरहेको लगातारको वर्षाका कारण ४५ वर्षीया तुलाराम जेठाराको घरमाथि बाट पहिरो आउँदा च्यापिएर दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान ६ बजेको समयमा घरमाथिबाट पहिरो आउँदा घरभित्र रहेका घरधनी तुलाराम जेठारा र उहाँकी ४० वर्षकी श्रीमती भागरथि जेठारा च्यापिएर घाइते भएका हुन् । घर भित्र च्यापिएका दुवै जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकीमा लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार घाइते श्रीमानको अवस्था मध्यम र श्रीमतीको अवस्था गम्भीर रहेको छ ।
