
भदौ २८ , डोटी । सुदूरपश्चिम प्रदेशका तीन वटा पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । बुधवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण शुक्रवार बिहानदेखि डोटी अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध भएको छ ।

डडेल्धुराको स्याउले सवस्टेसन देखी दिपायल पिपल्ला सब स्टेसनसम्मको ३३ केभी प्रसारण लाइन फल्ट हुँदा विद्युत् सेवा अवरुद्ध हुन गएको नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख टेक बहादुर खड्काले जानकारी दिए । अवरुद्ध विद्युत् सुचारु गर्नका लागि बिहानैदेखि प्राविधिक टोली खटिएको भए पनि अहिलेसम्म कुन ठाउँमा फल्ट भएको छ भन्ने पत्ता लागि नसकेको खड्काले बताए ।
उनले भने, ‘अवरुद्ध लाइन मर्मतको लागि बिहानै देखि प्राविधिक खटिएका छन्, तर कहाँनिर समस्या आएको हो पत्ता लागिसकेको छैन, पानी नरोकिएका कारण काम गर्न समस्या भइरहेको छ ।’
