
भदौ २९, डोटी । अविरल वर्षासँगै आएको पहिरोले दुई दिन देखी अवरुद्ध केआईसिंह राजमार्ग सुचारु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

२६ गते राति बाट २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिवार साढे १ बजे देखी एकतर्फी सुचारु भएको हो ।
राजमार्ग सुचारु भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
