दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा दुई जना बगे, एकको शव फेला

भदौ २९, कञ्चनपुर । दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीले कञ्चनपुरका २ किशोरलाई बगाएको छ । भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा सोही ठाउँका १८ वर्षीय सौरभ दमाइ र १५ वर्षीय अबि दमाइ बगेका हुन् । उनीहरू शनिवार दिउँसो बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले बताए ।
Sayalb
बगेकामध्ये सौरभको शव फेला परेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्।
Shaileshwori
Loading...