खप्तड राष्ट्रिय निकुञ्ज नजिकै ४.३ रेक्टर स्केलको भूकम्प

असोज २, डोटी ।  खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधवार बिहान १० बजेर ८ मिनेट जाँदा माझगाउँ केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

Sayalb

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ ।

Shaileshwori
Loading...