डोटीमा पनि मनाइयो संविधान दिवस

असोज ३, डोटी । संविधान तथा राष्ट्रिय दिवस डोटीमा पनि मनाइएको छ । जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति डोटीको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस २०८१ मनाइको हो ।
दिवसको अवसरमा बिहिवार बिहान दिपायल सिलगढी नगरपालिकाको इन्द्रचोक देखि सिलगढी बजार, नाचन्थली हुँदै ज्रिप्रका सम्म र्‍याली निकालिएको थियो । जिल्ला समन्वय समिति डोटीको सभा हलमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो । र्‍यालीमा जनप्रतिनिधि, निजामती कर्मचारी, विभिन्न गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
Sayalb
साथै दिवसकै अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
Shaileshwori
Loading...