सांस्कृतिक कार्यक्रम गरी मनाइयो संविधान दिवस

भरत बम
Sayalb
असोज ३, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ ले सांस्कृतिक कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । वडा कार्यालयको आर्थिक सहयोग र जोराघाट माद्यामिक विद्यालयको आयोजनामा सांस्कृतिक कार्यक्रम गरी दिवस मनाएको हो ।
सांस्कृतिक कार्यक्रममा कक्षा १ देखि ३ सम्म म्युजिकल चियर, कक्षा ४ देखि ५ सम्म बेलुन फुटाउने, कक्षा ६ देखि ८ सम्म हाजिरी जवाफ र कक्षा ९ देखि १० सम्म वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जोराघाट माद्यामिक विद्यालयका शिक्षक दीपक ओझाले जानकारी दिए । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष दीप बम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कामी, विद्यालयका प्रअ लोकराज बिनाडी, शिक्षक, कार्यपालिका सदस्य वीर बहादुर ताम्राकार, स्थानीय बुद्धिजीवी र समाजसेवीको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...