डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

असोज ४, डोटी । डोटीमा बोलेरो जिप दुर्घटनामा परेको छ । शुक्रवार बिहान करिब साढे १० बजेको समयमा उडितोलाबाट दिपायलतर्फ आउँदै गरेको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको हो ।
Sayalb
पुर्विचौकी गाउँपालिका ४ सानागाउँ बस्ने चालक अनिल खड्काले चलाएको जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डिएसपी भिमलाल भट्टराईले जनकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डिएसपी भट्टराईले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार जिप प्राविधिक कारणले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...