डोटीमा भिरबाट लडेर एक महिला घाइते 

असोज ४, सिलगढी । डोटीमा भीरबाट लडेर एक महिला घाइते भएकी छिन् । जोरायल गाउँपालिका वडा नम्बर ४ नक्कुकी ३४ वर्षीया रोहिता बोहरा शुक्रवार दिउसो साढे १२ बजेतिर भीरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार बोहरा घर देखी कैलालीको सहजपुर जानेक्रममा जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी हुन् । उनी भिरबाट करिब एक सय मिटर तल खसेकी थिइन् ।
उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...