कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

असोज ५, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिवार बिहान ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो।

Sayalb

उनलाई सोही वडाको चम्फापुर राडाहामा रूखको हाँगा काट्ने क्रममा हाँगा विजुलीको तारमा खसेर तार चुडिँदा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Shaileshwori
Loading...