विपत्तिको समयमा प्रधानमन्त्री ओली अमेरिका घुमेको भन्दै रास्वपाको आलोचना

असोज १३, काठमाडौँ । देश प्राकृतिक विपत्तिमा फस्दा समेत सरकार प्रमुख केपी शर्मा ओली अमेरिका घुमेर बसेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बाढी पहिरोको त्रासमा रहेका आम सर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न नसकिने उल्लेख गरेका छन् ।

उनले निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त्र विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य नहुने विज्ञप्तिमा लेखेका छन् ।

Sayalb

‘आम सर्वसाधारणको जीवन, सम्पत्ति, आवास र वासस्थानको सुरक्षाका लागि सरकारले भौगोलिक वस्तुस्थितिको वैज्ञानिक मूल्याङ्कन गरी विपद् बिमा सम्बन्धी नीतिगत प्रावधान समेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरूलाई सचेत गराउँछौँ‚’ विज्ञप्तिमा लेखिएको छ ।

रास्वपाले मोबाइल सन्देशमार्फत नागरिकलाई सुरक्षित, सतर्क रहन सचेत गराउने औपचारिकतामा सरकार सीमित भएको भन्दै जिम्मेवार ढङ्गले पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगरेको भन्दै खेद प्रकट गरिएको उल्लेख गरेका छन् ।

 

Shaileshwori
Loading...