डोटीमा व्यावसायिक फूल खेती

किरण धामी 
कात्तिक ९, डोटी । पहाडी जिल्ला डोटीमा व्यावसायिक फूल खेती गरिन थालिएको छ । विभिन्न समारोह, कार्यक्रम तथा विशेष गरेर भाइटिका पर्वका लागि फूल खेती गरिन थालिएको छ । विगतमा प्रायः सबैका घरमा फूल रोपिएका हुन्थे तर पछिल्लो समय घरमा हुने फूलमा कमी आएपछि फूल खेतीले व्यावसायिकता पाएको हो । अर्कोतर्फ भारतबाट आउने प्लास्टिकका मालामा स्थानीय प्रशासन तथा स्थानीय तहहरूले रोक लगाए सँगै फूलको व्यापार बढेको देखिन्छ ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ मुडभरका नवराज जोशीले २ वर्ष यता व्यावसायिक फूलखेति गरिरहेका छन् । उनले बर्सेनि ३ रोपनी जमिनमा फूल खेती गरिरहेका छन् । गत वर्ष उनले एक लाख ४० हजार बराबरको फूल बिक्री गरेको सुनाउए । उनले भने, `पोहोर साल मैले १ लाख ४० हजार जतिको फूल बिक्री गरे, त्यो वर्ष डोटी जिल्लामा मात्रै नभएर धनगढीमा समेत फूल पठाएको थिए ।´

जोशीका अनुसार फूलको माग बढ्दो छ । यो वर्ष स्थानीय बजार देखि लिएर पिपल्ला बजार दिपायलबाट व्यापारीहरूले फूलको अग्रिम अर्डर गरिसकेका छन् । यहाँ बिक्री नभएमा धनगढी पठाउने जोशीको योजना छ । जोशीले यो वर्ष सुरुमा लगाएको फुलको बेर्ना खेर गएपछि फेरि कृषि ज्ञान केन्द्र डोटीबाट बीउ लिएर रोपेको बताएका छन् । बढी बर्सात भएका कारण केही बेर्ना खेर गए पनि पोहोर सालकै सरह आम्दानी हुनेमा ढुक्क छन् । बिउमा थोरै लगानी गरेर फूलबाट राम्रो आम्दानी लिन सकिने भएपछि यसप्रति आफू आकर्षित भएको जोशीले बताउए ।

Sayalb

जोशी जस्तै शिखर नगरपालिका-१० मा लोकेश रावलले फूल खेती गरेका छन् । एक रोपनी क्षेत्रफलमा रावलले ३ वर्ष यता फूलखेति गरिरहेका छन् । `मलाई लाग्छ डोटीमा व्यावसायिक फूल खेतीको सुरुवात मैले नै गरेको हुँ, पहिला डडेल्धुरामा मात्रै फूलको खेती गर्थे अहिले यहाँ पनि गरेको छु ।´ रावलले भने । उनको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-६ मा पनि डेढ रोपनी क्षेत्रफलमा फूल खेती रहेको छ । तिहारको सिजनमा ४५० रुपैयाँ देखि ५०० रुपैयाँ प्रतिकिलोको दरमा बिक्री हुने फूल बेसिजनमा ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ । गत वर्ष मात्रै रावललाई फूलबाट एक लाख आम्दानी भएको थियो ।

रावलले भन्ने, `मैले लगाएको बिउ थाइल्यान्डको हो यो बिउ मैले चितवनबाट मगाएको थिए राम्रो फूलेको छ अब तिहारको ३/४ दिन फूल बेच्न बजार धाउनुपर्छ, तिहारको समयमा खट्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ ।´

फूल किसानहरूले प्लास्टिकको मालामा रोक लगाइएको जस्तै खादामा रोक लगाउँदा राम्रो हुने बिचार व्यक्त गरेका छन् । विभिन्न समारोह तथा कार्यक्रममा प्रयोग हुने खादाले भन्दा मालाले स्वभा दिने हुँदा त्यसतर्फ सबैको ध्यान जान सके आफूहरूले काम पाउने र आम्दानी पनि लिन सकिने किसान लोकेश रावलको भनाई छ ।

बिस्तार हुँदै गइरहेको फूलखेतिमा कार्यालयबाट थोरै भए पनि बीउ र प्रविधिमा सहयोग भइरहेको कृषि ज्ञान केन्द्र डोटी प्रमुख गगांदत्त अवस्थीले बताउए । गत वर्ष केही किसानलाई प्रविधि र बिउमा सहयोग गरेको र यश वर्ष केही बीउ उपलब्ध गराएको उनले बताए । थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने भएकाले पनि फूल खेती गर्नेहरूलाई प्रोत्साहन गरिरहेको अवस्थीले बताएका छन् ।

Shaileshwori
Loading...