
कात्तिक १२, डोटी । बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढी सम्म बस सेवा सुचारु भएको छ । सोमबारबाट गगुडा धनगढी बस सेवाको शुभारम्भ भएको हो ।

शैलेश्वरी यातायात प्रालिको सु.प.प्र ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर बिहान ७ बजे धनगढी प्रस्थान गरेको वडा अध्यक्ष स्याम बोगटीले जानकारी दिए । वडा अध्यक्ष बोगटीले शैलेश्वरी यातायात प्रालिका पदाधिकारीलाई माला अबिर सहित स्वागत गरेका थिए ।
सहजपुर, बोगटान, दिपायल सडक खण्डको दिपायल देखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुचारु भएको हो । यसअघि यश सडक खण्डको के.आई.सिंह गाउँपालिकाको तिखात्तर (लेकगडा) बस सेवा सञ्चालन हुँदै आएको थियोे । पहिलो चोटि बस गगुडा पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
