
कात्तिक १४, डोटी । कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा डोटीमा फलफूल वितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले कर्माचार्यको जन्म शताब्दीको अवसरमा फलफूल वितरण गरेको हो ।

१९८१ कार्तिक १४ गते जन्मिएका नेता कर्माचार्यको जन्म शताब्दीको अवसर पारी जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई बुधवार फलफूल वितरण गरिएको माओवादी केन्द्र डोटीका सचिव डबल बहादुर सिंहले बताए ।
नेपाल मजदुर आन्दोलनका संस्थापक समेत रहेका कर्माचार्यको जन्म शताब्दीको अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले वर्षभरि विभिन्न कार्यक्रम गर्दै छ ।
