बँदेलको आक्रमणबाट डोटीमा एक पुरुषको मृत्यु

कात्तिक १५, डोटी । जङ्गली जनावर बँदेलको आक्रमणबाट डोटीमा एक जनाको मृत्यु भएको छ । जिल्ला बडीकेदार गाउँपालिका–०१ धामीगाउँका २७ वर्षीय नवीन बडेलाको बँदेलको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार बाख्रा चराउन गएका बडेलालाई बुधवार दिउँसो मष्टदेवता सामुदायिक वनमा बँदेल आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट घाइते भएका बडेलालाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

Shaileshwori
Loading...