
सुजङ्ग अस्पतालको लापरबाहीले एक वालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–३ दिपायलका एक बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको अस्पतालको उपचारमा चरम लापरबाही गरेका कारण मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिई उपचारको लागी सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याई सामान्य उपचार पश्चात् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । उपचारमा संलग्न कमजोरी गर्ने तिन जना चिकित्सक लाई अनुसन्धानका लागी प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उनले भने ‘अप्रेसनको तयारीका क्रममा प्रयोग भएको औषधीको रियाक्सन भयो ।’ चिकित्सकहरू डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अबिशेक यादव प्रहरी नियन्त्रणमा लिएको हो ।
