
कात्तिक २५, सिन्धुली । सिन्धुलीको हरिहरपुरमा एक जनामाथि गोली प्रहार भएको छ । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार भएको हो ।
