जिपले मोटरसाइकललाई ठक्कर दिँदा डोटीमा एक जनाको मृत्यु

मङ्सिर १ , डोटी।
डोटीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार साँझ ६ः१० बजेको समयमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई सोही दिसा तर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार साउँदको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका साउँदलाई उपचारको लागि सुजंग अस्पताल राजपुरमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजंग अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि धनगढी रिफर गरिएको छ । प्रकेशको अवस्था मध्यम रहेको र ठक्कर दिने जिपको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...