
मङ्सिर १, डोटी । ब्यागस् अफ होप संस्थाले दिपायल सिलगढी नगरपालिकाका समस्याहरूलाई समेटेर तयार पारेको पुस्तक मङ्सिर ५ गते सार्वजनिक गर्ने भएको छ । नगरपालिकाका नौ वटै वडाका समस्याहरूलाई समेटेर तयार पारिएको “डिकोडिङ दिपायल सिलगढी सरोज” नामक पुस्तक मङ्सिर ५ गते सार्वजनिक गरिने संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी बताएको छ ।

शनिवार दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष नितिस जोशीले दिपायल स्थित एक भव्य कार्यक्रमका बिच पुस्तक सार्वजनिक गरिने जानकारी दिए । पुस्तक सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री निर्मला साउद, प्रदेश सांसदहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जोशीले बताए । कार्यक्रममा सहभागी भइदिन आमसर्वसाधारणहरुलाई पनि जोशीले आग्रह गरेका छन् ।
