कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

मङ्सिर ८, कञ्चनपुर । कञ्चनपुरमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको विप्लव कार्यकर्ता सवार ना ४ ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
Sayalb
धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कँदै गर्दा कलुवापुरस्थित बनरामा बस दुर्घटना भएको हो । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । घाइतेहरूलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए ।
Shaileshwori
Loading...