बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु, दुई जना घाइते

मंसिर ९, बाजुरा । बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ दुई जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–१ खकरामा विद्युतको लाइन तान्न रुख काट्ने क्रममा आइतबार दिउँसो रुखले च्यापिएर सोहि स्थानका ४३ बर्षीय सुपधन बुढाको मृत्यु भएको हो।

Sayalb

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसारसुपधनको घटनास्थलमै ज्यान गएको र सोही घटनामा परी ४८ वर्षीय सिद्धपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार घाइते भएका छन् । घाइते सिद्धपुरीको अवस्था गम्भिर रहेको छ।

युनास्थित कादुरी जलविद्युत आयोजनाको लाइन तान्न सल्लाको रुख काट्ने क्रममा यस्तो घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए ।

Shaileshwori
Loading...