नेपालको अर्थ व्यवस्थाले धेरै ऋण लिन सक्ने जोखिम राख्न सक्दैन : पूर्व मन्त्री साउँद

मङ्सिर १४, डोटी । पूर्व परराष्ट्रमन्त्रि एनपी साउँदले नेपालको अर्थ व्यवस्थाको धेरै ऋण लिन सक्ने क्षमता नरहेको बताएका छन् । शुक्रवार प्रेस युनियन डोटीले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको आसन्न चिन भ्रमणको विषयमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री साउँदले बिआरआई परियोजना अन्तरगत ऋण नलिनेमा नेपाली काँग्रेस स्पष्ट रहेको बताए ।
Sayalb
कार्यक्रममा बोल्दै साउँदले भने, “अहिले हामीले २५ खर्ब भन्दा धेरै ऋण उठाएका छौँ नेपालको अर्थ व्यवस्थाले धेरै ऋण लिन सक्ने जोखिम राख्न सक्दैन, त्यस कारण ऋणको सन्तुलन हाम्रो अर्थ व्यवस्थाको पक्षमा होस् हामीले क्षमता भन्दा बढी ऋण लिनु हुँदैन भन्ने कुरामा स्पष्ट छौ ।”
ज्यादा ऋण लिएर भन्दा पनि आफ्नै साधन स्रोतको प्रयोग गरेर विश्वको लगानी भित्र्याउन सक्ने वातावरण बनाउनुपर्ने साउँदको भनाइ छ । उनले लगानीकर्ता र देश दुबैलाई लाभ मिल्ने गरी लगानीको वातावरण सिर्जना गर्नतिर संवेदनशील बन्नुपर्ने बताए । बिआरआइका विषयमा गठबन्धनको सहमति विपरीत कुनै सहमति नहुने उनले बताए ।
Shaileshwori
Loading...