
मङ्सिर १६, डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा काँग्रेसका मोहन थापा विजय भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा एमालेका उम्मेदवार देव बहादुर थापालाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

विजयी भएका मोहन थापाले ४६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव बहादुर थापाले ३०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै अर्का प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् । यहाँ १३ मत बदर भएको छन् । एक हजार ५ सय ९३ मतदाता रहेको यो वडामा ८ सय ३९ मत खसेको थियो ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यश वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।
