कृषक समूहलाई  डिजिटल तराजु हस्तान्तरण 

मङ्सिर २२, डोटी । सामुदायिक विकास मञ्च सिडिएफ नेपाल डोटीले कृषक समूहलाई  डिजिटल तराजु हस्तान्तरण  गरेको छ । डोटी जिल्लाको  दिपायल सिलगढी नगरपालिका-७  र शिखर नगरपालिका वडा नम्बर ३ र ६ का ८ वटा कृषक समूहलाई  डिजिटल तराजु हस्तान्तरण  गरिएको हो । प्राकृतिक  तरकारी खेतीमा आबद्ध किसानहरूलाई  मध्यनजर गरी  तराजु वितरण गरिएको संस्थाले बताएको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग  र सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भइरहेको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत सिडिएफ नेपाल डोटीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका  वडा नम्बर ३, ६ र दिपायल सिलगढी नगरपालिका-७ उडितोलामा   प्राकृतिक तरकारी खेती गर्दै आइरहेका ८ वटा कृषक समूहलाई  प्रति समूह एक वटाका दरले ८ वटा एक सय किलो तौल क्षमताका  डिजिटल तराजु  कृषक समूहलाई प्रदान गरिएको हो ।
Sayalb
कृषक समूहलाई  तराजु हस्तान्तरण गर्दै शिखर नगरपालिका  वडा नम्बर ६ का  वडा अध्यक्ष धिर्क बहादुर सिंहले डिजिटल तराजुले किसानले आफूले उत्पादन गरेको तरकारी तथा अन्य बालीहरू  आफ्नै खेतबारीमा बिक्री गर्न  सजिलो हुने र  आफूले के कति उत्पादन र बिक्री  गरे भन्ने कुराको तथ्याङ्क राख्न सजिलो हुने बताएका छन् । उनले  सहयोगी संस्था  प्रति कृतज्ञता  व्यक्त  गरे ।
कृषक समूहमा आबद्ध कृषकहरूले  तराजु पाउँदा  आफूहरूलाई आफ्नो उत्पादन  घर दैलोमा बिक्री  वितरण गर्न  निकै राहत पुग्ने  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफूहरूले आफ्नो व्यवसायलाई  निरन्तरता दिइरहने कुरा व्यक्त गरे ।
Shaileshwori
Loading...