डोटीको पुर्वीचौकी-७ पोखरीमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न 

मङ्सिर २२, डोटी । डोटीको पुर्वीचौकी गाउँपालिकामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च सिडिएफ नेपाल डोटीले पुर्वीचौकी गाउँपालिका  वडा नम्बर ७ पोखरीका किसानलाई  मध्यनजर गर्दै पुर्वीचौकी गाउँपालिकासँगको समन्वयमा संयुक्त रूपमा  एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर  सञ्चालन गरेको हो ।
Sayalb
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग  र सामुदायिक विकास मञ्च सिडिएफ नेपाल डोटीको संयुक्त साझेदारी मार्फत कार्यान्वयन भइरहेको एकीकृत सामुदायिक विकास परियोजनाले पुर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का  विभिन्न गाउँ बस्तीका  किसानलाई  मध्यनजर गरी शिविर सञ्चालन गरेको हो । सम्पन्न शिविरबाट एक सय ५० भन्दा बढी  किसान परिवार लाभान्वित भएका छन् भने  करिब एक सय भन्दा बढी पशु चौपायाको उपचार तथा  एक हजार बढी पशु चौपायाको लागि विभिन्न रोगको औषधि वितरण गरिएको छ ।
शिविरमा आन्तरिक परिजीवि, बाहिरी परिजीवि, झाडापखाला, रुघाखोकी, पाचनकृया समस्याबाट ग्रसित खसी बाख्रा लगायत पशुहरूको निःशुल्क उपचार गरिएको  परियोजनामा कार्यरत  कर्मचारी  नीरज बोगटीले जानकारी दिए । साथै किसानहरूलाई पशुहरूमा लाग्ने रोगहरूको बारेमा जानकारी दिएको, पशु रोगबाट बच्ने उपायबारे परामर्श  र  बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको बोगटीले बताए ।  सेवा पाएका  कृषकहरूले  शिविरबाट प्राप्त  औषधी, परामर्श  र विभिन्न सेवाहरूको उपचारले  निकै राहत पुगेको  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफूहरूले पशुपालन व्यवसायलाई  निरन्तरता दिइरहने बताएका छन् ।
Shaileshwori
Bolpatra
Loading...