गिरिबन्धुको फाइल खोलेपछि भ्रष्टाचार लुकाउन सरकार फेरियो : प्रचण्ड

मंसिर २५, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टि-स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् ।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो नेतृत्वको सरकारले गिरिबन्धुको फाइल खोल्न थालेसँगै रातारात सरकार फेरिएको आरोप लगाए । अध्यक्ष प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलका सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोपसमेत लगाए ।

Sayalb

उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दावीसमेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गरेको चर्को मूल्य एमाले र कांग्रेस दुवैले चुकाउनुपर्ने चेतावनी पनि उनले दिए ।

उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने माग गरे । उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने माग पनि गरे ।  ‘मैले दोस्रो चरणमा गिरिबन्धुको, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ‚’ उनले भने, ‘र अहिले गिरिबन्धुको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ। गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्‍यो । त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्‍यो। उनीहरुमाथि कारबाही गर्नुपर्‍यो ।’

Shaileshwori
Loading...