नेकपा (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

पुस २, डोटी । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार साँझ भएको मतदानको मङ्गलवार बिहान मत परिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी शेर बहादुर मल्ललाई हराउँदै मलासी जिल्ला अध्यक्ष निर्वाचित भएकी हुन् । मलासीले २१५ मत ल्याएर अध्यक्ष जित्दा मल्लले १७१ मत पाए । जम्मा चार सय १२ मत सङ्ख्या रहेकोमा तीन सय ९४ मत खसेको थियो ।

उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचित बडैलाले १११ मत पाउँदा अन्य प्रत्याशी गणेश विष्ट १०७, लक्ष्मण मलासीले ९७ र चक्र घर्तीले ५८ मत पाए । सचिवमा पदमराज भट्ट २३७ मत ल्याएर विजयी भए । सचिव पदमा तीन जनाको उम्मेदवारी थियो । भट्टका प्रतिस्पर्धी धन बहादुर नेपालीले ११९ मत र झलक पालीले ६८ मत पाए ।

Sayalb

खुला उपसचिवमा डम्बर सीँ डौडीले १५२ मत ल्याएर जित्दा बम बहादुर बमले १२३, कृष्ण कुमार खड्का ६७ र कृष्ण दर्लामीले ३४ मत पाए । महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भइन् । सिंह २०८ मत ल्याएर उपसचिवमा विजयी हुँदा प्रतिस्पर्धी शशी सोवले १४६ मत पाइन् ।

एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।

Shaileshwori
Loading...