महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने

पुस ६, चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

Sayalb

यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट संघ –क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् । सन् २०२७ मा नेपाल र बंगलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रंगशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि उनले बताइन् ।

यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालको भनाइ छ । यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रंगशालामा प्रशिक्षण गरेको थियो ।

Shaileshwori
Loading...