आगो ताप्ने बेला शरीरमा आगो लाग्दा डोटीमा एक महिला गम्भीर घाइते 

पुस ८, डोटी । आगो ताप्ने बेला शरीरमा आगो लाग्दा डोटीमा एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको सायल गाउँपालिका–१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । घाइते थापाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...