माओवादी केन्द्र बडीकेदार गाउँपालिकाको अध्यक्षमा कर्ण मौनी चयन

पुस १४, डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बडीकेदार गाउँपालिका सङ्गठन समितिको अध्यक्षमा कर्ण मौनी चयन भएका छन् । आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनबाट मौनीको नेतृत्वमा ३५ सदस्यीय समिति सर्बसहमत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा टेक बहादुर बोहरा, मान बहादुर रोकामगर र उपेन्द्र बोहरा, सचिवमा बल बहादुर बुढा, सह–सचिवमा प्रेम बहादुर घर्तिमगर, देवीसरा देवी घर्तिमगर रहने गरी ३५ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो ।
Sayalb
माओवादी केन्द्रको बडीकेदार गाउँपालिका दोस्रो सम्मेलन पार्टीका डोटी जिल्ला इन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली, जिल्ला संयोजक कमल बहादुर गड्सिला र प्रदेश तथा जिल्ला स्तरका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
 ।
Shaileshwori
Bolpatra
Loading...