एचआइभी-टिबीलाई सामाजिक समस्याको रूपमा लिनु पर्ने 

रामहरि ओझा 
१५ पुस, डोटी । एचआइभी र क्षयरोग (टिबी) लाई केवल स्वास्थ्य समस्याका रूपमा मात्रै हेर्न नहुने धारणा सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
डोटीमा ‘प्रवासी तथा उनीहरूका दम्पतीका लागि एचआइभी-टिबी’ कार्यक्रम सञ्चालन गरिरहेको वाक नेपाल नामक गैरसरकारी संस्थाले सोमवार आयोजना गरेको सरोकारवालाहरुसंगको समन्वय बैठकमा सहभागीहरूले सो कुरा बताएका हुन् । ‘एचआइभी र क्षयरोग झट्ट हेर्दा स्वास्थ्य समस्या मात्रै देखिन्छ तर यो सामाजिक समस्या पनि हो’ स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले भने ‘यसको न्यूनीकरणका लागि शिक्षा, चेतना र सशक्तीकरण आवश्यक छ ।’
Sayalb
मलासीले सरकारको रणनीति अनुसार सन् २०२६ सम्ममा एचआइभी संक्रमितहरुमध्ये कम्तीमा ९५ प्रतिशतमा एचआइभीको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशतमा सङ्क्रमितमा एचाईभी भाइरसको भार न्यून गर्ने लक्ष लिएको बताउँदै यस क्षेत्रमा काम गर्ने सबै सरकारी तथा गैर सरकारी निकायहरूले सो लक्ष पुरा गर्ने गरी काम गर्नु पर्ने बताए । मलासीले व्यक्तिगत घटना दर्तालाई पनि नियमित र व्यवस्थित गर्नु पर्ने तथा यस विषयमा स्थानीय तहहरूले नीतिगत व्यवस्थाका गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रतिनिधि रामबहादुर खड्काले दुर्गम बस्तीहरूमा एचआइभी र टिबी सम्बन्धी चेतनाको कमी रहेको हुँदा सबै निकायको ध्यान जानु पर्ने बताए । एचआइभी-टिबीको स्क्रिनिङ्गका लागि सञ्चालन हुने मोबाइल क्याम्पहरू स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको समन्वयमा कम साक्षर भएको क्षेत्रमा बिस्तार गर्नु पर्ने समेत बताए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँदले वाक नेपाल नामक संस्थाले एचआइभी र टिबीको रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै धन्यवाद दिइन् । ‘यो संस्थाले राम्रै काम गरेको छ, यसलाई अझ प्रभावकारी मनाउनु पर्‍यो’ उपप्रमुख साउँदले भनिन् ‘त्यसका लागि हामीहरूले गर्नु पर्ने सहजीकरण र समन्वयका लागि तयार छौँ ।’
वाकका निवर्तमान अध्यक्ष बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वाकका डोटी जिल्ला संयोजक शैलेन्द्र जोशीले संस्थाले एक वर्षमा गरेको कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
Shaileshwori
Loading...