
पुस १८, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो ।

प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन । नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ ।
