जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति घोषणा हुन्छ : प्रचण्ड

पुस २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन नगर्ने भएको छ । पार्टीको आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा नजाने बरु यही बैठकबाट महाधिवेशनको मिति घोषणा गरेर अघि बढिने बताएको एक नेताले बताए ।

Sayalb

पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको बेला प्रचण्डले भने महाधिवेशनमा जाने प्रस्ताव बैठकमा पेस गरेका हुन् । ‘महाधिवेशनको मिति यही केन्द्रीय समितिको बैठकले कहिले गर्ने भन्नेबरो निर्णय गर्छ’, प्रचण्डले भने, ‘ त्यसपछि कमिटीलाई आयोजक समितिमा रूपान्तरण गर्ने कि के गर्ने भन्नबारे पनि यही बैठकले निष्कर्ष निकाल्छ ।’ तर आयोजक समिति बनाउँदा बढी व्यवहारिक हुन्छ भन्ने आफूलाई लागेको प्रचण्डको भनाइ थियो ।

Shaileshwori
Loading...