
पुस २१, बझाङ । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति बझाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा आज (आइतबार) संसारका श्रमजीवी पत्रकार एक हौँुु भन्ने नाराका साथ चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ । सेन्टरका पूर्व जिल्ला अध्यक्षसमेत रहेका राजेन्द्र सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमिति उपाध्यक्षमा उत्तमकुमार थापा, महिला उपाध्यक्षमा अल्पना सिंह, सचिवमा अञ्जु खड्का, सह सचिवमा शेरबहादुर ओली, समावेशी सहसचिवमा अनुजा परियार र कोषाध्यक्षमा शिवजी मण्डेल रहेका छन् । त्यसै गरी अन्य कार्यसमिति सदस्यमा अमिर खड्का, कवीन्द्र बुढा, अस्मिता परियार, स्मृति बोहरा, प्रमिला शाही रहेका छन् ।

