डोटीको आदर्श गाउँपालिकाको १६ औ गाउँ सभा सम्पन्न

तेजु ओली 
पुस २८, डोटी । डोटीको आदर्श गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न भएको छ ।  उक्त सभामा उपाध्यक्षले यस वर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमको सार्वजनिक करण गरेकी थिइन् ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले सभामा महिला, सडक, स्वास्थ्य, कृषि, लगायत  गाउँपालिका कार्यक्रमले प्रभावकारिता भएको बताइन् । आदर्श गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण गरी पर्यटन प्रबन्धनमा विकास, आन्तरिक पर्यटक भित्र्याउनमा जोड दिने, शिक्षा स्वास्थ्य, कृषि, भेटेरिनरी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनले बताइन् ।
Sayalb
गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ गाउँ-गाउँमा सडक सञ्जालले छुने कृषि तर्फ तरकारी, फलफूल, मसालालाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाका एक सय एक योजना राम्रो भएको थप योजना लाई गुणस्तरीय तिर ध्यान दिनुपर्ने सभाका सदस्यहरूको भनाइ रहेको थियो ।
जनप्रतिनिधिले राखेको जिज्ञासा पछि प्रश्नको जवाफ दिँदै अध्यक्ष खड्काले  आदर्श गाउँपालिकामा गरेको विकासको लागी कुनै कसुर बाकी नराखेको बताए । शिक्षा, पर्यटन, स्वास्थ्य, सडक, कृषि, पशुपालन, लक्षित वर्गका बालबालिकाहरूको लागि पहिलो प्राथमिकतामा राख्दै अन्य विकासका राष्ट्रिय आयोजना काम केही सम्पन्न भइसकेका र केही सम्पन्न हुने क्रममा रहेको बताए । सडकहरू, विद्यालयका भवनहरू धमाधम निर्माण भइरहेका अध्यक्ष खड्काले बताए ।
६ महिनाको अवधिमा ३३ प्रतिशत काम पालिकाले गरिसकेको प्रमुख प्रशासकीय अधिकृत पदमराज अवस्थीले प्रगति विवरणको सार्वजनिक गर्नुका साथै पालिकाले बैठकमा पारित गरेका विभिन्न कार्यविधि बारे जानकारी सहित सार्वजनिक गरेका थिए ।
आज गाउँपालीकाको सभा हलमा सम्पन्न सभामा गाउँपालिका अध्यक्ष गणेश खड्काको अध्यक्षता, गाउँपालीकाका उपाध्यक्ष लक्ष्मी रोकायाको प्रमुख अतिथिमा सहित एक देखि सात वटै वडाका वडा अध्यक्ष, सदस्य कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...