
पुस २९, डोटी । डोटी बहुमुखी क्याम्पस डोटीको क्याम्पस प्रमुखमा दिलानन्द जोशी नियुक्त भएका छन् । सहप्राध्यापक जोशीलाई त्रिवि छनौट तथा सिफारिस समितिको सिफारिसमा कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयले आइतबार जोशीसँगै देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

जोशी क्याम्पस प्रमुखमा दोहरिएका हुन् । यो भन्दा अघिल्लो कार्यकालमा पनि जोशी नै क्याम्पस प्रमुख थिए । सो कार्यकालमा क्याम्पस प्रमुख जोशीले क्याम्पसको भौतिक संरचनामा ठुलो परिवर्तन ल्याएका थिए ।
