
पुस २९, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाका दुई जनालाई घरमै अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ४५ वर्षका गणेश बहादुर चन्द र ४ वर्षका विक्रम बोगटीलाई सोमबार घरमै परिचयपत्र उपलब्ध गराइएको वडा अध्यक्ष श्याम बोगटीले जानकारी दिए ।
दुवै जना पूर्ण अशक्त रहेकाले गाउँपालिकाको कार्यालयमा जान सक्ने अवस्था नभएपछि गाउँपालिसँगको सहजीकरणमा घरमै अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको वडा अध्यक्ष बोगटीले बताए ।

