
माघ ६, डोटी । सायल गाउँपालिका वडा नम्बर ४ सुन्नास्वाडामा एक पसलमा आगलागी भएको छ । आइतबार दिउँसो करिब १ बजे गणेश रनेनीले सञ्चालन गरेको विष्णु नारायण खुद्रा पसलमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिजुलीको स्विच सर्ट भई आगलागी हुँदा पसल भित्र रहेका लत्ताकपडा, फर्निचर, खाद्यान्न सामाग्रीहरू र खुद्रा किरानाका सामानहरू जलेेर नष्ट भएका छन् । आगलागीबाट ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
